
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले कार्यक्रममा उठेका प्रश्नहरु सवाल र जिज्ञासाको समाधान गर्नुभएको थियो । सहभागीले उठाएको जिज्ञासाहरु मेटाउँदै उहाँले जिल्ला समन्वय समितिको सभाहलसहितको भवन आफूहरु आउनुभन्दा पूर्व नै निर्माण भएकाले अपाङ्गतामैत्री बनाउनमा छुटेको बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिको सभाहलमा अपाङ्गता भएका व्यक्तिहरुको सहज रुपमा आवतजावको व्यवस्थापन गर्न आवश्यक पहल गरिने भन्दै जिल्लामा अब बन्ने सबै भवन तथा कार्यालयहरु अपाङ्गतामैत्री बनाइने बताउनुभयो ।