
ट्रफी सार्वजनिक गर्दै जिसस प्रमुख थापाले विद्यालयस्तरको भलिवल प्रतियोगिताले नयाँ क्षमतावान खेलाडी पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भलिवल खेललाई ब्यवस्थित रुपमा अघि बढाउन आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा हुने विद्यालयस्तरको प्रतियोगिताले विद्यालयस्तरमा अतिरिक्त क्रियाकलाप सक्रियता बढाउन प्रेरित गर्ने बताउनुभयो ।