
प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाले प्रेस चौतारी व्यावसायिक र श्रमजीवि पत्रकारहरुको सङ्गठन भएको बताउनुभयो । प्रेस चौतारीले स्थापनाकालदेखि नै सञ्चारका गतिविधिसँगै समुदायस्तरमा विभिन्न खालका रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको बताउँदै आगामी दिनमा अझै सशक्त र प्रभावकारी रुपमा सञ्चारको क्षेत्रबाट आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो ।