
जिसस कार्यालयको सभाहलमा सम्पन्न भएको आठौं सभामा बोल्ने वक्ताहरूले म्याग्दीको विकास निर्माणको क्षेत्रमा अधुरा रहेका योजनालाई गतिदिन सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्ला भित्रिएका ठूला विकास निर्माणका योजना कार्यान्वयन पक्ष फितलो बनेको तर्फ चिन्ता व्यक्त गर्दै विकास निर्माणको क्षेत्रमा राजनीतिक दलहरूले सहमति र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।