
उद्योग, व्यापार कलाको विकास गरौँ, संकृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ भन्ने मुल नाराका साथ बेनीमा सातौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला सुरु भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पौष २८ देखि माघ ७ गते सम्म संचालन हुने म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेलाको विहिबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो ।