बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्नु हुदै जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा

बेनीमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा संचालित प्रतियोगिताको आईतवार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै समन्वय प्रमुख थापाले विद्यार्थीहरुलाई रुचि र क्षमता अनुसारको खेलमा सहभागी गराई उत्कृष्ट खेलाडी उत्पादन गर्न विद्यालयहरुलाई आग्रह गर्नुभएको छ । थापाले विद्यालय स्तरबाटै खेलकुद र खेलाडीहरुको विकासमा आवश्यक कार्यक्रमहरु संचालन गर्नु नगरपालिका तथा अन्य स्थानीय तहहरुको दायित्व रहने पनि बताउनुभयो ।

Skip to toolbar