समावेशी मञ्च नेपालको आयोजना, अलाइन्स फर सोसियल डाइलगको सहयोग र मिलन म्याग्दीको व्यवस्थापनमा बुधवार म्याग्दी सदरमुकाम बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय र प्रदेशस्तरीय सरकारलाई समावेशी र संवेदनशील रहनको लागि ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको पक्षमा नीति निर्माण’ विषयक एकदिने अन्तरक्रिया गरिएको हो ।