जिल्ला समन्वय समिति म्याग्दीको आयोजना र सुआहारा दोस्रो कार्यक्रमको आर्थिक एवं प्राविधिक सहयोगमा सिकाई आदानप्रदान सम्बन्धि गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रमको अवसरमा नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजना दोस्रोको लक्ष्य र उद्देश्यमा योगदान गर्न यु.एस.ए.आई.डि.को आर्थिक सहयोग तथा हेलेन केलर इन्टरनेशलको नेतृत्व एवम् मिलन, म्याग्दीको ब्यवस्थापनमा यस जिल्लामा सञ्चालित सुआहारा दोस्रो कार्यक्रम -सन् २०१६ अक्टोबर देखि सन् २०२२ अक्टोवर सम्म_ मार्फत म्याग्दी जिल्लामा बालबालिका, किशोर–किशोरी, गर्भवती तथा सुत्केरी महिलाको एकिकृत स्वास्थ्य, पोषण तथा सरसफाइको अवस्था सुधार गर्न एवम् विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को रोकथाम र प्रतिकार्यका लागि संस्थाले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उत्तरोत्तर प्रगतिको कामनासहित मिलन म्याग्दीलाई पत्र प्रदान गरिएको छ।
हाम्रो निमन्त्रणालाई स्विकार गरि कार्यक्रममा उपस्थित हुनु भएकोमा सम्पूर्णमा आभार व्यक्त गर्दछु।

Skip to toolbar