जिल्ला समन्वय समिती म्याग्दीले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी प्रवाह गरेका सेवा तथा उपलब्धिहरुको संक्षिप्त विवरण जिल्ला समन्वय समिति गोरखाका समन्वय प्रमुख ज्युले जिल्ला समन्वय समिति म्याग्दीका समन्वय प्रमुख श्री राजकुमार थापा ज्युलाई मायाको चिनो प्रदान गर्नुहुदै । गण्डकी विश्वबिद्यालय द्वारा आयोजित (Bachelor in sports management (BSM) अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्नुहुदै जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा मगर। (२०८० साउन १७) पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा म्याग्दी Home बेनी नगरपालिका संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भू-क्षयको जोखिम संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भू-क्षयको जोखिम

Home बेनी नगरपालिका संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भू-क्षयको जोखिम संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भू-क्षयको जोखिम

Home बेनी नगरपालिका संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भू-क्षयको जोखिम
संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भू-क्षयको जोखिम

म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको छ। भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक लगायतको पूर्वाधारले मानवबस्तीसंगै उर्भरभूमिको कटान, पहिरो र भूक्षयको जोखिम बढ्दै गएको बताउनुभयो ।

म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ हेर्ने गरी पर्वतमा रहेको यस कार्यालयले सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुसंग उपस्थितमा सोमबार गरिएको गोष्ठीमा भिरालो भू–बनोट रहेको म्याग्दीमा विनाशमुखी सडक र मानविय क्रियाकलापको कारण भूमिगत जलप्रवाहले खेती योग्य जमिन र मानव बस्तीको संरचनामा क्षति बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो तीन बर्षमा म्याग्दी, पर्वत र बागलङमा बाढी पहिरोले १२० जनाको ज्यान गएको समेत जानकारी दिनुभयो ।

उहाँले सडक निर्माणको क्रममा निस्किएको कच्चा पदार्थ नदी र खोलामा फाल्ने, भल ब्यवस्थापन लागि नाली निर्माण नगर्नाले दिनप्रतिदिन मानविय क्षतिसंगसंगै खेतीयोग्य जमिनको उत्पादकत्व घट्दै गएको बताउनुभयो । “ तीन तहको सरकारले जलाधार संरक्षणमैत्री पूर्वाधार निर्माणमा जोड दिएमा दिगो विकासका पूर्वाधार निर्माण गर्न सजिलो हुन्छ ।’’ उहाँले भन्नुभयो । “ प्रकृतिमा रहेका जमिन, जल, जंगल, जनावर र जनतालाई असर नपर्ने गरी विकास पूर्वाधार निर्माण गर्न जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।

म्याग्दीमा बर्षेनी २५ लाख १५ हजार ७६० दशमलव २० टन माटो भूक्षयको रुपमा बगेर जानेको गरेको भू–संरक्षण अधिकृत शम्भुकुमार मिश्रले जानकारी गराउनुभयो । उहाँले बाढी पहिराले दुई हजार ५१० घर प्रभावित रहेको उल्लेख गर्नुभयो । उहाँले बाढी पहिरो र कटान जोखिम नियन्त्रणको लागि बार्षिक एकसय ४० वटा निवेदन आउने भएपनि कार्यालयबाट १२ वटा निवेदनलाई बजेटले सम्वोधन गर्न सकिएको उल्लेख गर्दै यसतर्फ जनप्रतिनिधिले ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित हुनुभएका रघुगंगाका दिपक कार्कीले वातावरणीय प्रभाव मूल्याकंन विना खनेका सडकले म्याग्दीमा मानविय बस्ती र उर्भर भूमिमा बढी क्षति पु¥याएको उल्लेख गर्नुभयो । उहाँले जहाँ भूक्षयको समस्या छ त्यहाँ संघ, प्रदेश सरकारले संरक्षणका लागि बजेट विनियोजन नगरेको बताउनुभयो ।

भूक्षयको उच्च जोखिम रहेको म्याग्दीमा कार्यालय खारेज हुदाँ जोखिम पहिचान, सावधानी र ब्यवस्थापनमा समस्या देखिएको जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

उहाँले संघ र प्रदेशले जनताको आवश्यकता अनुसार योजनाहरु छनोट गरेर बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । रघुगंगा गाउँपालिकाभित्र १२८ पहिरोमध्ये २८ वटा ठुला पहिरो रहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गोष्ठीमा उल्लेख गर्नुभयो ।
कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी रहेको म्याग्दीमा गाउँ–गाउँमा पुग्ने सडक स्तरोन्नती क्रममा जथाभावि फालिएको माटो र ढुंगाले भूक्षय र पहिरो जोखिम समेत आगामी दिनमा बढेको छन् ।

जिसस प्रमुख थापाको अध्यक्षतामा भएको सरोकारवालासंगको समन्वय गोष्ठीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र विषयगत कार्यालयका कर्मचारीको उपस्थित हुनुभएको थियो ।

Skip to toolbar