आज मिति २०७३ मङ्सिर २१ गते जिल्ला विकास समितिको कार्यालय म्याग्दीले गत आ.व. २०७२/०७३ मा भए गरिएका कार्यहरुको न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकन (MCPM) मापन गर्न स्थानीय निकाय वित्तीय आयोगको सचिवालयबाट खटिएको टोलीबाट मापनको उद्देश्यबारे जानकारी गराइयो | उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, स्थानीय विकास अधिकारी लगायत जिविस कार्यालयका शाखा प्रमुखहरु र निक्षेपित कार्यक्रम संचालन गर्ने विषयगत कार्यालयका प्रमुखहरु सहभागिता रहेको थियो | मूल्यांकनका लागि उक्त सचिवालयबाट स्थानीय शासन विज्ञको रुपमा श्री पेशल कुमार पोख्रेल र वित्तीय शासन विज्ञको रुपमा श्री मदन राज मिश्र खटिएर आउनुभएको छ |
त्यसैगरी मिति २०७३ मङ्सिर १७ गते जिल्ला विकास समितिको कार्यालयद्वारा गाविसमा गत आ.व. २०७२/०७३ मा भए गरिएका कार्यहरुको न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकन (MCPM)को लागि छनौट भएका मूल्यांकनकर्ता र गाविस सचिवहरुलाई संयुक्त रुपमा अभिमुखीकरण तालिम सम्पन्न गरियो | उक्त कार्यक्रममा स्थानीय विकास अधिकारी श्री प्रेमराज गिरी, योजना अनुगमन तथा प्रशासकीय अधिकृत श्री विष्णुप्रसाद पौडेल र सूचना अधिकृत श्री पदम बहादुर भण्डारीले सहजीकरण गर्नुभएको थियो |